सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम मौका
काठमाडौ, २१ असोज । सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने सोमबार असोज २२ गते अन्तिम दिन हो ।
साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले सोमबार असोज २२ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यसपटक सेयरधनीलाई ९% बोनस सेयर र कर प्रयोजनसहित ५.७०% नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय