Birgunj News24
नेपाललाई आवाश्यक पर्ने सबै सहयोग गर्न भारत तयारः नरेन्द्र मोदी

काठमाडौं, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेका हुन । 

उनले नेपाललाइ परिररहेको दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव भएका सबै सहयोग गर्न तयार रहेकोसमेत प्रतिबद्दता जनाएका छन् । 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update