काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा प्रसिद्ध वालमार्ट स्टोरका म्यानेजरले गोली हानी आफ्ना ६ जना सहकर्मीको हत्या गरेका छन् । घटनामा ६ जना नै घाइते भएका छन् भने आक्रमण गर्ने म्यानेजरले पनि आत्महत्या गरेका छन् ।
एन्ड्रे बिङ नाम गरेका ३१ वर्षीय म्यानेजरले वालमार्टको अत्यन्तै ब्यस्त मध्येको चेसापिक शाखाको स्टाफ रुममा सहकर्मीहरुमाथि गोली हानेको प्रहरीले बताएको छ । सहकर्मीहरुमाथि गोली प्रहार गरेलगत्तै उनले उच्च तहका सहकर्मीहरुलाई स्टोर कोठामा डाकेर र उनीहरुकै अगाडि ह्याण्डगनले आफूलाई गोली हानेका थिए ।
लमार्टले आक्रमणकारी म्यानेजर सन् २०१० देखि वालमार्टमा रहेको र उनी विशेष गरी उनी रात्रीकालिन जिम्मेवारीमाा रहने गरको बताएको छ । साथै पीडित परिवारहरुका लागि सक्दो सहयोग गर्ने बचन पनि वालमार्टले दिएको छ ।
६ जना घाइते मध्ये दुई जनाको अवस्था जटिल रहेको र एक जनाको स्थिर रहेको वालमार्टले जनाएको छ । अरु तीन जना भने सामान्य घाइते रहेका छन् ।