गोरखा, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् ।
समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, - `लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ । ”
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुग्नुभएका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति व्यक्त गर्नुभयो । वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आउनुभएका अध्यक्ष ओलीले व्यंगात्मक शैलीमा भने –“विकासमा भइरहेको ढिलासुस्ती बारे म प्रधानमन्त्री संग कुरा गर्छु । हिजो वहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुदै म आएको हु । १०० किलोमिटर हिडेकी भनेको त १६ किलोमिटर पो रहेछ ।´
अन्तरक्रिया कार्यक्रममा गोरखाका स्थानीयहरुले अध्यक्ष केपी शर्मा ओली संग विकास निर्माण सम्वन्धी विभिन्न मागपत्रहरु बुझाएका थिए ।