Birgunj News24
अपमानको बिष पिलाएर भगवानप्रति भक्तिभाव हुुन्न मेरो रगत र पसिना बगेको हरिखेतानमा ब्यक्तिको रजाई हुन दिन्न : डा यादब

वीरगञ्ज : हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समितिको फेरबदल नभएको प्रमुख डा. भगवान् प्रसाद यादवले बताएका छन् । अबैधानिक तरिकाले फर्जि बिधान र माइन्युट तयार गरेर नभएका पद पाएँ भन्दै आफुलाई क्यम्पस प्रमुख पदबाट हटाइएको भन्ने हाँस्यासपद पत्रचार गर्नु आफैंमा आश्चर्य भएको बताएका हुन ।

आज हरिखेतान क्याम्पसकै सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँ निकै भावुक मुद्रामा आफ्नो रगत पसिना र रगत खर्चेर समाजले खडा गरेको हरिखेतान क्याम्पसलाई समुदायबाट खोसेर निजीकरण गरि क्यक्तिको रजाएँ गर्ने परेड मैदान बनाउन खोजिएको षडयन्त्र कुनै हालतमा पनि बीरगंजेली नागरिक समाजले स्वीकार नगर्ने बताउनुभयो ।

उहाँले आफुलाई अपमानको बिष पिलाएर भक्तीभाव गर्ने खोजिएको भ्रममा कोही पनि नपर्ने चेतावनी समेत दिनुभयो । प्रमुख यादबले समाजले चाहान्जुलेलसम्म आफुलाई कुनै आमूक ब्य्िक्तले हटाउन नसक्ने चेतावनी समेत दिनुभयो ।पत्रकार सम्मेलनमा उहाँले बिभिन्न बित्तिय संस्थामा रहेको बैकको खाता संचालन रोकेर कलेजेका दैनिक काम कारवाही र बिद्यार्थीहरुको फारम भर्नै काम रोकेर कुन खालको शिक्षा बिकासको कुरा गर्न खोजिएको हो आफु आश्चर्य चकित भएको समेत बताउनुभयो ।

उहाँले बारम्बार क्याम्पसलाई बदनाम गरेर मध्ये तराइकै शिक्षाको ज्योति छर्ने हरिखेतानको गुणस्तर अव केही नगन्य ब्यक्तिहरुलाई स्वीकार नहुनु स्वभाबिक भएको समेत बताउन्ुभयो । अझै उहाँले संचालक भनीएकाहरुको बित्तिय संस्थामा कलेजको खाता नखोल्दा बर्तमान अवस्था आएको समेत बताउनुभयो ।

उहाँले हजारौं गरिब र बिपन्न अभिाभावकको छोराछोरीलाई सस्तो र सर्वसुलभ शिक्षाा दिएको हरिखेतानमा बिरुद्ध भैरहेको सबै षडन्त्र चकनाचुर हुने समेत बताउन्ुभयो । दैनिक रुपमा पठन पाठन नियमित भैरहेको खाताको पैसा झिकेर कथितहरुको रजाई गर्न नदिेन हर दिन भौतिक संरचना निर्माण गर्दे क्याम्पसलाई आफ्नै नेतृत्वमा अब्बल बनाउदै लगिने बताउनुभयो ।  साभार :- चोआईस खबर 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update