Birgunj News24
बीरगंज कारागारको बेथितिले नियम कानूनको धज्जी उड्यो नामाधारी नाइकेले मासिक ४० लाख असुल्छन, केदी बन्दी धमाधम ठगिँदै

कारागार कानूनमा एउटा कैदी बन्दी एकपटक मात्र चौकीदार बन्ने प्रावधान बिद्यमान रहेको भएपनि हालका अबैध चौकिदार दिनेश साह

बीरगंज : बीरगंजमा रहको कारागारको बेथितीले सिमा पार गरेको भएपनि अधिकार प्राप्त निकायका मानिसहरु मासिक रुपमा कैदि बन्दीलाई शोषण गरि बजार मूल्य भन्दा कैयौं गुना महँगोमा समान उपलब्ध गराएबापत काल्पनिक नाइकेले दिने पैसामा बिक्री भएपनि त्यहाँको शोषण बाहिरएका हो । कारागार कानूनमा एउटा कैदी बन्दी एकपटक मात्र चौकीदार बन्ने प्रावधान बिद्यमान रहेको भएपनि हालका अबैध चौकिदार दिनेश साह सोनार दुइपटक सम्म चौकीदार बने । अझ आश्चर्यको कुरा त उनी म्याद गुज्रदा समेत पुन चौकिदार बन्नुको पछाडि म्ुद्रा मोचन नीतिले सबै अनुबन्धित भएको समाचार प्राप्त हुन आएको छ । 

                   बीरगंज कारागारमा हाल कैदी बन्दी १५ सयको हाराहारीमा रहेका छन र उनीहरुलाई निर्बाध रुपमा अबैध ब्यापार गर्न दिए बापत प्राप्त हुन लाखौं नजरना प्रहरी, जेलर, सिडिओ, केही पत्रकारको घरघरमा पुग्ने गरेको समाचार प्राप्त हुन आएको छ । हालका अबैध चौकिदार सर्राफ लागू औषध कारोबारमा पक्राउ परि सजाएँ भोगिसकेका र हाल त्यसबाट उनले छुटकारा पाएको भएपनि अर्को काठमाण्डौं जिल्ला अदालतमा बिचाराधिन रहेको लागू औषध मुद्दाको कारण थुनुवा हुन । नियमले थुनुवाले बाहिर जान निस्कन र चौकिदारको जिम्मेवारी पाउन सक्दैनन तर पैसाको अघि माहादेबको पनि तीन नेत्र भनेझै उनले नियमक निकाएलाई समेत प्रभावमा पारेर खरिद गरेपछि सबै प्रकारको छुट पाएका हुन । 

              किराना आइटम, तरकारी, पेय पदार्थ, गुटखा, सुर्ति, चुरोट निर्बाध रुपमा बजार मूल्य भन्दा निकै महंगो अर्थात २ सय प्रतिशत भन्दा बढीमा बिक्री हुने गरेको र त्यसबापत मासिक रुपमा चौकिदारले ४० लाखसम्म असुल्ने गरेको कुरा पीडित कैदी बन्दी बताउँछन । त्यहाँ सजाएँ भोगिरहेकाहरुको लागि राशन र दैििनक एकजनाले पाउने ८० रुपैयाँ भक्तमा समेत अनियमितता हुने गरेको बताइन्छ । गुणस्तरहीन चामल, दाल सडे गलेका तरकारी खुवाएर चौकिदारले लखनउ लुट मच्चाइरहेको समाचार प्राप्त हुन आएको छ । यस बारेमा बीरगंज कारागारका प्रमु्ख फणिन्द्र दाहालसंग सम्पर्क राख्दा कारागारमा हाल चौकीदार नियु्क्त गरिएको छैन तर सहजीकरणको जिम्मा दिएको भन्दै आफ्ना विश्वापात्र चौकिदार प्रति भक्तिभाव प्रदर्शन गरे । उता चौकिदार दिनेश साह सोनारसँग सम्पर्क राख्दा आफुले अनियमितता नगरेको बताउँछन तर बिभागको नियम अनुसार चौकिदारले मात्र भित्र मोवाइल बोक्न पाउने भएपनि उनले निर्बाध रुपमा ९८१४२१४९४५ नम्बरको मोवाइल मार्फत जो कोही पनि बाहिरको मानिससँग कुरा गर्छन । सो बारे दिनेस साह सोनारसंग सम्पर्क राख्दा आफु चौकीदार नभएपनि कैदी बन्दीहरुलाई सहजीकरण गरिरहेको र अफुलाई सबैले बिश्वास गर्ने भएकाले मोवाइल चलाएको बताँछन ।                    साभार :- चोवाईस खबर 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update