दुवै पालिकाको सिमा निधार भए पछि मात्र टेन्डर खोल्नु पर्ने बताए । अहिले कानुनी उपचार पनि खोजी गरिरहेको र सम्बाद पनि गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई यादवले अपिल गरेको छ ।
वीरगञ्ज : सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले गरेकोले यसलाई तुरुन्त रोक्नुपर्ने बताएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा आज पत्रकार सम्मेलनमा सखुवा प्रसौनी गाउँपालिका प्रमुख यशवन्त यादवले जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले धाधली गरेको आरोप लगाएका छन् ।
पालिका भित्र पर्ने सो जमुनिया खोलाको बालुवा गिटी र ग्रेबल उत्खनन माथि दादागिरी गरेकोमा यसलाई तुरुन्त रोक्नुपर्ने प्रमुख यादवले बताए।
उनले भने तत्कालीन मधुवनमथल गाबीस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएको थियो र सम्पूर्ण प्राकृतिक श्रोत साधन स्तह सखुवा प्रसौनी गाउँपालिका भित्र पर्ने भए पनि आफुखुशी सिमा निर्धारण गरि २०८० कार्तिक ३ गते गरेकोमा आपत्तिजनक रहेको प्रमुख यादवको भनाइ रहेको छ । आफुहरुको ६५% प्रतिशत अधिकार र ३५% प्रतिशत पटेर्वा सुगौली गाउँपालिकाको भए पनि धाधली तरिकाले टेन्डर गरेकोमा तुरुन्त रोक्न पत्रकार सम्मेलनमार्फत यादवले आग्रह गरेका छन् ।
दुवै पालिकाको सिमा निधार भए पछि मात्र टेन्डर खोल्नु पर्ने बताए । अहिले कानुनी उपचार पनि खोजी गरिरहेको र सम्बाद पनि गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई यादवले अपिल गरेको छ । टेन्डर नरोकिए आफुहरुले अवरुद्ध गर्ने चेतावनी सोही पत्रकार सम्मेलनमार्फत अपिल गरेको छ । पत्रकार सम्मेलनमा निवर्तमान गाउँ पालिका अध्यक्ष प्रदिप जैसवाल ,वडा नम्बर १ का वडा अध्यक्ष बासुदेव महतो थारू ,दिपेन्द्र कडेल,प्रविधिक रामबाबु प्रसाद लगायतको उपस्थित रहेको थियो । साभार :- चोवाईस खबर