Birgunj News24
वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण ।

वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण ।

७ पौष वीरगन्ज । वीरगन्ज कपडा बैंकले आज बिरगंजको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार बिरगन्जको घण्टाघरमा ९०० थान कपड़ा वितरण गरिएको एवं सो निशुल्क कपडा वितरण कार्यक्रम सन्चालन हुँदै गर्दा नेपाली काङ्ग्रेसका नेता समाजसेवी राकेश सिंहले ४ बोरा कपडा ,हुकुम सिंह राजपुतले १ बोरा कपडा र १ बोरा कपडा अन्य दाताले सहयोग गरेको कोषाध्यक्ष मनोज मिश्राले बताए । 

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि,,अतिथिहरु नेपाली काङ्ग्रेसका नेता राकेश सिंह , हुकुम सिंह राजपुत, संस्थाका संस्थापक सदस्य एवं प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह , समाजसेवी गौरी गुप्ता,नेपाल रेडक्रस सोसाइटी रेषमकोठिका सदस्य श्रवण रायमाझी,संस्थाका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्षद्वय प्रकाश थारु - मोनिका सिंह ,सदस्यहरु हरेंद्र पटेल-संजय मंडल-शोभा देवी, पत्रकारहरु क्रान्ती साह ,राज सराफ ,घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ कृष्णनन्दन ठाकुर रामबाबु सिंह ,,सन्जु साह ,दिपक पटेल लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ दिएर जानुस र नहुने आवस्यकता भएकोले निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ । वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update