Birgunj News24

नयाँदिल्ली, ६ पुस । भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।

कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ । 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।

साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update