Birgunj News24

लुम्बिनी, ८ पुस । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।  

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update