Birgunj News24

काठमाडौं, ९ पुस । नेपालले अर्को महिना अयोध्यामा रहेको राम मन्दिरको उद्घाटन समारोहका लागि विभिन्न प्रकारका गहना, भाँडाकुँडा, लुगा र मिठाई पठाउने भएको छ ।

भगवान श्रीरामकाे ससुराली जनकपुरधामवाट धार्मिक सरसमानमान पठाउनका लागि जनकपुरधाम-अयोध्या धाम यात्राको आयोजना गरिने भएको छ ।

जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले साे धाम यात्रा १८ जनवरीबाट सुरु भई जनवरी २० मा समापन हुनेछ र सोही दिन जनकपुरधामवाट लगिएकाे सामग्री श्री राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गरिनेछ । अयाेध्यामा साे राममन्दिरको अभिषेक समारोह जनवरी २२ मा हुदैँछ ।

जनकपुरधामबाट सुरु भएको यात्रा जलेश्वरनाथ, मलंगवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज, बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै उत्तर प्रदेशको अयोध्या पुग्नेछ । यसअघि नेपालको कालीगण्डकी नदी किनारबाट सङ्कलन गरिएको शालिग्राम ढुङ्गालाई रामको मूर्ति बनाउन अयोध्या पठाइएको थियो, जसलाई उद्घाटनको दिन मन्दिरमा स्थापना गरिने छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update