वन कार्यालयले गस्ती गर्न छाडेपछि काठ बरामद गर्दै प्रहरी
रौतहट,१८ पुस । डिभिजन वन कार्यालय रौतहटले वन गस्ती गर्न छाडेपवछि प्रहरीले तस्करीको काठ बरामद गर्न थालेको छ ।
जिल्लाको बृन्दावन नगरपालिकामा रौतहटको वनबाट काटेर ल्याएको काँचाे सालको गोलिया प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार रातिको जिल्लाको बृन्दावन न.पा.वडा नं.८ बरगजवाटोलमा परालको टाल भित्र लुकाई राखेको सालको गोलिया पाँच थान बरामद गरेको हो ।
१ लाख २० हजार मुल्य बराबरकोे सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय रौतहटमा वन कर्मचारीले गस्ती गर्न छाडेपछि वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय