Birgunj News24

काठमाडौ, १९ पुस । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको  बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हा । यस कम्पनीले शुक्रबार पुस २० गते बुक क्लोज गर्दैछ। तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update