पर्सा ,२१ पुस ।सार्क जरनालिस्ट फोरम बिहार च्यापटरले आयोजना गरेको अन्तरास्ट्रिय अवार्ड कार्यक्रममा भारत, नेपाल र बङ्गलादेशका पत्रकारहरूलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । बिहारको बैशाली जिल्लामा पर्ने विश्व शान्ती स्तुपमा आयोजित कार्यक्रममा भारत, नेपाल र बङ्गलादेशका पत्रकारहरूलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।
पर्सा बाट यस बिरगंज न्युज २४ का सम्पादक अखिलेस प्रसाद साह , एस्पेस फोर्के टेलिभिजन का मधेस प्रदेस प्रमुख राजन रौनियार , बिरगंज महानगरपालिकाका उप-मेयरका प्रेस सल्लाहकार महमद सदाब हुसैन ,कालो झोला अनलाइनका दिपेन्द्र प्रजापति , जनसुचना न्युजका रसिद आलम , बाराबाट शुभ आरम्भ रास्ट्रीय दैनिक पत्रीकाका कार्यकारी सम्पादक तथा ग्लोबल टेलिभिजनका मधेस प्रदेश ब्यूरो प्रमुख उमेश कुमार दुबे सम्मानित भएका छन ।
बिहार हिन्दी साहित्य सम्मेलन पटनाका अध्यक्ष डा. अनिल सुलभको अध्यक्षतामा अन्तरास्ट्रिय अवार्ड कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि अन्तरास्ट्रिय संस्कृति सन्वाहिका मोरिससका पूर्व प्रधानमन्त्री श्री हरेसबद्धुकि धर्मपत्नी डा. सरिताबद्धु थिन भने बिशेष बिशिस्ट अतिथि सार्क जरनलिस्ट फोरमका अध्यक्ष राजु लामा रहेका थिए । कार्यक्रममा सार्क जरनलिस्ट फोरमका महासचिव महम्द अब्दुल रहमानको समेत उपस्तिथि रहेको थियो ।
सार्क जनरलिष्ट फोरम बिहारको आयोजनामा बारा, पर्सा लगायत नेपालको २० जना पत्रकार सम्मानित भएका थिए