काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ ।
हिजो र अस्ति उम्मेदवारी माथी उजुरी र छानबिन प्रक्रिया सम्पन्न गरे पछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।
फागुन २० गते रिक्त हुन गइरहेको २० राष्ट्रियसभा सदस्य मध्ये १९ जनाका लागि माघ १३ गते निर्वाचन हुदैँछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुटाइएको थियो ।
उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ, सो प्रकाशित नामावलीमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन ।
भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ ।