Birgunj News24

बिराटनगर । युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । 

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।

लामो समय देखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राती बिराटनगरस्थित निवासमा नि

पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

लिम्बुको १ छोरी र १ छोरा रहेका छन् ।

मन्त्री लिम्बुकी केही महिना अघि आमाको समेत  निधन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update