Birgunj News24
बारा प्रहरीद्वारा १४ लाख बराबरको भन्सार छलीएका सामान सहित ट्याक्टर पक्राउ।

अखिलेश प्रसाद साह ,२९ पुस।

बारा प्रहरीले १४ लाख बराबरको भन्सार छलीएका सामानहरु सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेका विभिन्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मुल्य रु.१४ लाख ८ हजार बराबरको अबैध भन्सार छलीका समानहरू सहित ट्याकटर नियन्त्रणमा लिईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.(डिएसपी )दधिराम न्यौपाने ले जनाएका छन् ।

डिएसपी न्यौपानेका अनुसार शनिबार ईलाका प्रहरी कार्यालय निजगढले चेकजाँचको क्रममा निजगढ नगरपालिका वडा नं. ९ शहिद चौक बाट प्र ०३००१ ख २७९२ नम्बरको यात्रुबाहक बसलाई चेक गर्दा रु.५० हजार बराबरको बिल भरपाई नभएको लहङ्गा,  सर्टिङ्ग कपडा र कुर्ताको कपडा बरामद गरेको छ।

प्रहरी चौकी मटिअर्वाले भन्सार छलीका रु.८ हजार बराबरको अबैध प्याज १०० किलो पक्राउ गरेको छ।

प्रहरी चौकी कचोर्वाले भन्सार छलीका रु.१६ हजार बराबरको चिनी ४ बोरा नियन्त्रणमा लिएको छ।त्यस्तै,

प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गाँउपालिका वडा नं.३ मुसहर्वाबाट ना.४ त १९०६ नम्बरको ट्याकटरमा मुल्य रू.८ लाख २२ हजार बराबरको लोड रहेको ३०० बोरा अबैध मकै सहित रू.५ लाख बराबरको ट्याक्टर पक्राउ गरेको छ।

सो पक्राउ परेका मकैको विल विजक सन्कास्पद रहेको बारा प्रहरीले जनाएको छ।

अस्थाई प्रहरी पोष्ट बेनौलीले बाराको देवताल गाँउपालिका वडा नं.६ बेनौलीबाट रु १२ हजार बराबरकोभन्सार छलीका मोबिल २० लिटर र काठमा लगाउने रंग ६ लिटर नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जनाएका छन् ।

नियन्त्रणमा लिएको सामानहरुको सम्बन्धमा थप अनुसन्धान भैरहेको तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update