Birgunj News24
अबैध कपडा र काठको समान बारा प्रहरीको नियन्त्रणमा

माघ २ अखिलेस प्रसाद साह

जिल्ला प्रहरी कार्यालय बाराले अवैध कपडा सहित काठको समान नियन्त्रणमा लिएको छ । सोमबार ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैयाले छुटाछुटै यात्रुबसबाट सो समान नियन्त्रणमा लिएको हो । बरामद गरिएको समान करिव ६ लाख ६ हजार मुल्य बराबरको रहको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बिल भराई नभएको काठको पलङ्गको पला २८ वटा, डाईनिङ्ग टेबल १४ वटा, काठको कुर्सी ५९ वटा,सोफासेट फ्रेम १६ वटा गरि करिव एक लाख बराबरको समान अमलेखगंज बाट पक्राउ गरिएको जानकारी दिए । यसैगरी पथलैयाबाट पनि बिल भरपाई नभएको कोटको कपडा,कुर्था,सर्ट,कुर्था सुरुवाल,साडी, सल, लंगकोट गरि करिब ५ लाख ६ हजार मुल्य बराबरको समान नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिएको समानलाई आवश्यक कानुनी कारवाहीको लागि प्रकृया अगाडि बढाइएको प्रवक्ता न्यौपानले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update