अखिलेश प्रसाद साह
वीरगंज, माघ ३
वीरगन्जमापनि सिख समुदायले दशौं गुरु “गुरु गोविन्द सिंह” को जन्म जयन्ती मनाएका छन् ।एक महान् योद्धा, कवि, भक्त र आध्यात्मिक नेताका रूपमा परिचित गुरु गोविन्द सिंह ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दशौं गुरु बनेका थिए । उनलाई सिखहरूले आफ्नो दशौं गुरुका रूपमा पुज्ने गर्दछन् ।वीरगन्जमा रहेका सिख समुदायलेपनि बुधबार उनको जन्म जयन्ती मनाएका हुन् । गुरु गोविन्द सिंहको जन्म जयन्तीको अवसरमा सिख समुदायका सदस्यहरूले बुधबार बिहानै प्रभातफरि निकालेका थिए । नगर परिक्रमा गर्दै प्रभातफेरि गुरु नानक सत्संघ गुरुद्वारामा पुगेर टुङ्गिएको थियो ।प्रभातफेरिमा सहभागीहरूले विभिन्न धार्मिक गीतहरू गाउँदै गुरु गोविन्द सिंहलाई सम्झेका थिए । गुरुद्वारा पुगेको ¥यालीले विभिन्न पूजा गर्दै गुरु गोविन्द सिंहले प्रदान गरेको ज्ञान र उपदेशलाई सम्झेको थियो ।गुरु गोविन्दलाई उनको बाल्यकालमा गोविन्द राय भनिन्थ्यो । उनका पिता गुरु तेघबहादुर नवौँ सिख गुरु थिए । गुरु गोविन्दको जन्म हुँदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न गएका थिए । गोविन्द सिंहको बाल्यकालको ४ वर्ष पटनामा बितेको थियो । पटनामा उनी त्यस बेला बस्ने घरलाई अहिले “तखत श्री पटना साहिब” नामको गुरुद्वारा स्थापना गरिएको छ । ४ वर्ष पटनामा बिताएपछि उनी आफ्नो परिवारसँग पन्जाब पुगेका थिए । त्यसको दुई वर्ष पछि फेरी गुरु गोविन्द सिंह आफ्नो बुवा आमासँग हिमालयको शिवालिक पहाडमा बसाइ सुरु गर्दै र त्यहाँबाट उनको प्रारम्भिक शिक्षा सुरु गरेका थिए ।