नेपाल प्रहरी द्वारा ठोरीमा अवैध गाँजा खेती नष्ट
माघ ५
वीरगञ्ज । पर्साको ठोरीमा लुकिछिपी लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
ठोरी गाउँपालिका – २ रामनगर र बुद्ध नगरमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो
इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको १० जना प्रहरीको टोलीले दुई कट्ठा १० धुर जग्गामा लगाइएको करिब एक हजार पाँच सय वटा गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गाँजा खेती गर्ने व्यक्तिहरूको पहिचान गरी उनीहरूको खोजी भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए । पछिल्लो समय पर्सा प्रहरीले जिल्लाका विभिन्न ठाउँमा लुकाई छिपाइ भइरहेको गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय