नेपाल प्रवेशमा रोक लगाईएको बाराका चार सिमा नाकामा चार चक्के सवारी प्रतिबन्ध खुल्ला
माघ ६
भारत सरकारद्वारा नेपाल प्रवेशमा रोक लगाईएको बाराका चार सिमा नाकामा चार चक्के सवारी खुल्ला भएको छ । चार चक्का वाहनलाई अब बारा जिल्लाको सिमावर्ति क्षेत्रमा आवतजावत खुल्ला भएको हो । कोभिड १९ पछि बाराको सिम्रौनगढ, कवही, मटिअर्वा र बसतपुर नाकाबाट चारचक्के सवारी आवतजावत बन्द थियो ।
भारतले समेत सवारी आवागमन बन्द गरेपछि चार बर्षदेखि बाराका छोटी भन्सार बन्द छन । भारतले चार बर्ष पछि बाराका सिमा नाकाहरु खुल्ला गरेकोमा स्थानीय हर्षित भएको सिम्रौनगढका स्थानीय रामेश्वर मेहताले बताउनु भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८० १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय