वीरगंज,माघ ६
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साको धोबिनी गाउँपालिकामा माछा, मासु र मदिराको बिक्री वितरणमा रोक लगाइएको छ।
धोबिनी गाँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।
त्यस्तै भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साको कालिकामाई गाउँपालिकामा पनि माछा, मासु र मदिराको बिक्रीवितरणमा रोक लगाइएको छ।
कालिकामाई गाँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।
साथै कालिकामाई गाँउपालिकामा राम मन्दिरको उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन ।