Birgunj News24
श्रीराम मन्दिर उद्धघाटनकै दिन नेपाल जनता पार्टीको कार्यालय उद्धघाटन हुने

 

वीरगंज,माघ ६

नेपाल जनता पार्टी पर्सा जिल्ला समीतिको सम्पर्क कार्यालय माघ ८ गते हुने भएको छ । अयोध्यामा निर्मित श्रीराम मन्दिरको उद्घघाटनको पावन दिन माघ ८ गते कार्यालयको उद्घाटन हुने भएको हो । गोपाल मण्डली बीरगंजमा नेपाल जनता पार्टी जिल्ला समिति पर्साको बैठकले मन्दिर उद्घाटकै दिन कार्यालय उद्घाटन गर्ने निर्णय गरेको पार्टीका बरिष्ठ नेता संतोषानन्द महाराजजिले जानकारी दिए । पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको बैठकमा केन्द्रीय सदस्यहरु बिनोद कुर्मी,प्रिया सिंह,सुरेश साह कानू,मधेश प्रदेश समितिका पारस दुबेदी,रामप्रसाद कुर्मी,विभा साह,मनोज गुप्ता,पर्सा जिल्ला उपाध्यक्षहरु धीरज साह,सचितानंद गिरी, महामंत्री नवीन मिश्रा,मंत्री आनन्द सिंह,कार्य समिति सदस्यहरु संतोष कुशवाहा,मनोज सराफ,विनय सिंह,ओमप्रकाश पटेल, रणवीर सोनी,पियूष गुप्ता,सुमन्त कुमार दीप, नंदू रौनीयर,प्रमोद शर्मा, विजय कुर्मी,संदीप पटेल, बिधयानंद पटेल,नीतू देवी,सपना सिंह,अमित श्रीवास्तव, वरिष्ठ सल्लहकार सोहर बाबा, भगत सहितको उपस्थिति रहेको थियो। पाँच सय वर्षको संघर्ष र हजारौ हजारको बलिदानी बाट अवसर प्राप्त भएकोले सनातन धर्म माननेहरुले माघ ८ गते घर घर दीपावली,पूजापाठ र हर मन्दिरमा भव्य पूजापाठ गर्न हिन्दू समाज लाई आग्रह गरेको छ।साथै अयोध्या श्रीराम मन्दिर उद्घघाटनको पावन दिन माघ ८ गते देश भरी हिन्दू समाज,धार्मिक संघ–संस्था,विभिन्न समूहले गर्ने कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने समेत पार्टीका नेतागण लाई अनुरोध गरेको छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update