Birgunj News24
सशस्त्रका डीआईजी शाहलाई उत्कृष्ट बाहिनीपतिको अवार्ड

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डिआइजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाहलाई आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरू मध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल हल्चोक मूख्यालय स्रोतले जनाएको छ ।

आठ वटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो । मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै सो बाहिनीका बाहिनीपति डिआइजी शाहलाई पुरस्कार ग्रहण गर्न काठमाडौं बोलाइसकेको छ । उनी काठमाडौ आइसकेको मूख्यालयका एक अधिकृतले बताए ।

बर्षभर उत्कृष्ट भएका वाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष उत्कृष्ट युनिटलाई सशस्त्र प्रहरी मुख्यालयले पुरस्कृत गर्दै आएको छ ।देशभर एआइजीको नेतृत्वमा अनुगमन गरी उनीहरूको कार्यसम्पादनलाई आधार मानेर पुरस्कार प्रदान गर्ने गरिन्छ । यसवर्ष तीन एआइजीको नेतृत्वमा अनुगमन भएको थियो । डिआइजी र एसएसपीहरुले गण, गुल्म, विओपीहरुको अनुगमन गरेका थिए ।

साभार :- मेरो न्युज 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update