Birgunj News24
भारतको ७५ औँ गणतन्त्र दिवस वीरगंजमा पनि मनाइयो

माघ १२

भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पनि विविध कार्यक्रम गरी दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको गणतन्त्र दिवस धूमधामका साथ मनाइँदै छ । 

दूतावास परिसरमा शुक्रवार बिहान सम्पन्न कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गरेका थिए । उनको सन्देशमा विभिन्न बाधा अड्चनका बाब्जुद पनि ७५ औँ गणतन्त्र दिवस मनाउन पाउँदा खुशी व्यक्त गरिएको छ ।

साथै यो उपलब्धीलाई हर्ष उल्लासपूर्वक मनाउन पनि उनले सोही सन्देशमार्फत देशबासीमा अपिल गरेका छन् । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रभुत्व व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

गणतन्त्र दिवसका अवसरमा भारतले गर्न लागेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोन आमन्त्रित छन् । राष्ट्रपति मैक्रोको आतिथ्ययतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसका लागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । 

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update