सस्त्रप्रहरी द्वारा ३६ लाख रुपैयाँबराबरको भन्सार छलीको सामान बरामद
वीरगन्ज — सशस्त्र प्रहरी बल पर्साले ठूलो परिमाणमा भन्सार छली वीरगन्जतर्फ ल्याइँदै गरेको अवस्थामा जुत्ता र कस्मेटिक समान बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका-१६ स्थित भुटनदेवी मन्दिरपछाडिबाट सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले १० वटा साइकलमा लोड गरी ल्याइँदै गरेको अवस्था मा ३६ लाख ३९ हजार मूल्य बराबरको जुत्ता र कस्मेटिक समान बरामद गरेको हो।
विशेष सूचनाका आधारमा चेक गर्ने क्रममा सीमावर्ती इलाकामा अवैध रूपमा दस वटा साइकलमा लोड गरी ल्याइँदै गरेको जुत्ता र कस्मेटिक समान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साको अधिकारीक इमेल बाट जानकारी गराएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय