Birgunj News24

काठमाडौं, २४ माघ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले  परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् । 

‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने । 

यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए । 

अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update