सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रूपैयाँले घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
जावी सुन प्रतितोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय