काठमाडौँ, २६ माघ । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो ।
वेस्टइन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ५३ रन बनाएका थिए भने जोनसन चार्लेजले ४२ तथा जासन होल्डरले अविजित ३४ रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मार्कस स्टोइनिसले २ तथा जासन बेह्रेंनडोर्फ़, ग्लेन म्याक्सवेल र सीन एबोटले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले डेविड वार्नरको ७०, जोश इंलिशको ३९, टिम डेविडको आक्रमण ३७ रन तथा म्याथ्यू वाडेको २१ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ र सिरिजको दोस्रो खेल आइतबार खेल्ने छ ।