Birgunj News24
उपराष्ट्रपतिले गरे ९ दिने महायज्ञ को सुभारम्भ

विरगंज माघ २८

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्म र अध्यात्मका बारेमा बुझ्न सके जीवन सार्थक हुने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा आइतवारदेखि सुरु भएको श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुंज एवम् ९ दिवसीय श्री विष्णु महायज्ञको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले महायज्ञले मानव–मानवबीचमा शान्ती, सुब्यवस्था, सहिष्णुता तथा आपसी भाइचारा जगाउने बताए । उनले भने, ‘महायज्ञले मानवमानव विच शान्ती, सुब्यवस्था, धार्मिक सहिष्णुता, भाइचारा र स्नेहको अतुलनीय सन्देश प्रवाह गर्ने विश्वास लिएको छु । सनातनी धर्म ग्रन्थमा भएका उपदेशहरु अध्ययनसँगै पालना गर्नुपर्ने आवश्यक्ता भएको छ । यसले परस्पर सहयोगी भावलाई सुदृढ र सबल बनाउनुका साथै सुख र खुशीको महसुस गराउँछ । महायज्ञमा हुने विभिन्न क्रियाकलापले मानवलाई अध्यात्म बुझ्न मद्धत गर्ने बताउँदै उनले यसलाई मानवजीवनमा आत्मसाथ गर्न पनि आग्रह गरेका छन् । महायज्ञमा जानकी मन्दिरका १०८ श्री जगतनन्दन दास महाराज पगला बाबाले यज्ञ सञ्चालन गर्नेछन् । महायज्ञ व्यवस्थापन समितिका संयोजक अनिल कुमार रुंगटाको अध्यक्षतामा भएको महायज्ञ शुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी उज्जवल शर्माले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update