'फागुन २ गते बुधबारदेखि वीरगञ्ज महानगरपालिका वडा नं. ९ लालबंगला परिसर‘दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८०’ सुरु हुन लागेको छ ।
वीरगञ्ज : वीरगञ्जमा एक महिना चल्ने ‘दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८०’ व्यापार मेला संचालन हुन लागेको छ । मुलुककै आर्थिक नगरीको रुपमा परिचित वीरगञ्जमा दोस्रो पटक जुत्ता चप्पल एक्स्पो लागने भएको हो । फागुन २ गते बुधबारदेखि वीरगञ्ज महानगरपालिका वडा नं. ९ लालबंगला परिसर‘दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८०’ सुरु हुन लागेको छ ।
जुत्ता चप्पल व्यापार मेलाबाट वीरगञ्ज सहित नजिकैका बजार सिमरा, कलैया तथा छिमेकी देशको रक्सौल बजार सम्मका उपभोक्ताहरुलाई लाभ पुग्ने विश्वास लिएका ‘दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८०’ संयोजक सुरज बन्जाडेले बताए । मेलामा सहभागि उद्योगीहरुमा नेपालका १३ उद्योगका ३० भन्दा धेरै ब्राण्ड तथा त्यसका ३ हजार भन्दा धेरै डिजायनका जुत्ताचप्पल रहने छ ।
१५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्ताले खरिद गर्न सक्ने व्यवास्था रहेको छ । नेपाली उत्पादनको प्रचारप्रसार गर्दै उपभोक्तासम्म पुर्याउन र होलसेल तथा खुद्रा व्यापारिहरुलाई नेपाली उत्पादनको विक्री वितरणमा प्रोत्साहित गर्न मेला आयोजना गरिएको संयोजक बन्जाडेले बताए । मेलामा एक महिनामा करिब तीन करोड रुपैयाँ बराबरको ३५ देखि ४० हजार जोडि जुत्ता चप्पल कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साभार :- चोवाइस खबर