Birgunj News24
वीरगंजमा पहिलो पटक निकालियो जगन्नाथ रथ यात्रा

वीरगंज,फागुन १२

वीरगन्जमा आज पहिलो पटक जगन्नाथ रथ यात्रा निकालिएको छ । रथयात्रा वीरगन्जको घण्टाघरबाट शुरु भएको थियो । घण्टाघरबाट निकालिने रथ यात्रा मुख्य सडकको माईस्थान, महाविरस्थना, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर सम्पन्न भएकोे आयोजकले जनाएको छ ।दिउँसो १ बजेबाट शुरु भएको रथ यात्रा दिउँसो ४ बजे सम्पन्न भएको थियो । रथयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।रथयात्रामा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा हिन्दूवादी अगुवा कार्यकर्ता उपस्थिती थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update