सुन तस्करी प्रकरणमा मुछिएका गुरुङ पक्राउ
काठमाडौं, फागुन १३ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
१४ किलो सुन तस्करीमा मुछिएका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो ।
डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका सञ्चालक समेत रहेका गुरुङ गत मंसिर २१ गते फ्लाई दुबईबाट आएको बेला १४ किलो सुन बरामद भएको थियो उक्त दिन उनको साथमा चन्द्र घले पनि थिए ।
उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय