Birgunj News24
गाँउ गाँउमा ट्राफिक सचेतना जगाउदै : सई बस्नेत

मंगलबार, फागुन १५, २०८०

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव निरिक्षक दिपक बस्नेतले पर्साको ग्रामिण भेगमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेका छन । सोमबार बस्नेतले ग्रामिण भेगको मुख्य चौक र सडकहरुमा स्थानियलाई रोकेर ट्राफिक सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेका हुन । उनले बिन्दवासीनी,बहुअर्वाभाठा, सिसियाडी बैरिया, पिपरा लगायतको स्थानमा स्थानियहरुलाई जम्मा गरि दस मिनेट ट्राफिक नियम बारे प्रशिक्षण दिए । बस्नेतले ट्राफिक नियम अक्सिजन जतिकै महत्वपुर्ण भएको बताउदै सवैलाई ट्राफिक नियमको पालना गर्न हातजोडेर अनुरोध गरे । सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरी एक्लै नसक्ने भन्दै यसमा समाजको पनि साथ र सहयोग आवश्य पर्ने बताए । 

शहरमा देखिने ट्राफिक गाँउ पुग्दा स्थानिय अच्मित :

शहरमा मात्र देखिने ट्राफिक प्रहरी गाँउ पसेको देखेर स्थानिय अच्मित भएका थिए ।सोमबार दिउँसो पर्साको ग्रामिण भेगमा स्थानियलाई प्रशिक्षण दिईरहेका सई बस्नेतको काम देखेर स्थानिय अच्मित भएक थिए । “प्राय सहरमा मात्र चेकिङ्ग हुन्छ । गाँउमा पनि ट्राफिक नियमका घट्नाहरु बढदै गएका छन । अहिले त झन हरेक गाँउमा पिच र ढलान सडक बनेका छन । यसतो अवस्थामा गाँउमा तिव्र गतिमा गाडिहरु हाक्ने बढेका छन , यसले गाँउमा पनि दुर्घटन बढेको छ । ट्राफिक प्रहरी गाँउ गाँउमा पुगेर जनचेतना जगाउदै छ यो एकदम राम्रो काम हो ,यसलाई निरन्तरा दिनुपर्छ ”पिपराका स्थानियहरुले भने । 

फाईन काट्नु समस्याको समाधन होईन :

ग्रामिण भेगमा फाईन काट्ने काम समस्याको समाधन नभएको बस्नेतले दावी गरेका छन । गाँउघरमा फाईन काट्ने काम त्यति व्यवहारिक पनि नहुने उनको कथन थियो । “गाउँघरमा दैनिक ज्यालादारी गर्नेसंग ट्राफिक नियम उलंघनको नाममा फाईन काट्न लगाइयो भने उ माथि अनावश्य आर्थिक भार पर्छ र यसले उसको परिवारमा पनि असर पर्छ ”बस्नेतले भने । चालकलाई दण्डित गर्नुभन्दा पनि सम्झाएर ट्राफिक नियमको पालना गराउन सकिने बस्नेतको तर्क थियो ।  

उनले हरेक ठाँउमा ट्राफिक पुग्न सक्दैन त्यसैले ट्राफिक नियम उलंघन गर्ने, गाडी स्पीड हाक्ने, एउटै बाईकमा तिन चार जना बस्ने, बिना हेलमेट मोटरसाईक कुदाउने यि सवलाई गाँउका अगुवाहरुले सम्झाए धेरै दुर्घटना न्युनिकरण गर्न सकिने दावी गरे । ईमन्दारिक पुर्व ट्राफिक नियम पालना गर्न सके तराई मधेशमा सडक दुर्घटनाबाट हुने मृत्युदर घटाउन सकिने दावी गरे । बस्नेतले मधेश प्रदेशको ८ वटै जिल्लाका ग्रामिण भेगमा जनचेतना जगाउने काम गर्दै आएकाछन । 

जनचेतामुलक कार्यक्रम :

मधेश प्रदेशको आठ जिल्लामा आर्थिक बर्ष ०७९/८० सम्ममा ६२७४ वटा जनचेतनामुलक कार्यक्रम गरिएको छ । जसमा ५,२३,५९१ जना सहभागि भएका छन । यसैगरी यो आर्थिक बर्षको माघ मसान्त सम्ममा ६१५४ वटा जनचेतना कार्यक्रम गरिएकोमा ४,३८,६४२ जनालाई प्रशिक्षण दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी माधव प्रसाद काफ्लेले जाकारी दिए । 

सवारी दुर्घटना :

मधेश प्रदेशमा आर्थिक बर्ष ०७८/०७९ ५७११ वटा सवारी दुर्घटनामा परि ५८५ जनाको मृत्यु भएको छ, भने ९४६४ घाईते भएका छन । यसैगरी आर्थिक  बर्ष ०७९-०८०मा ५९८८ सवारी दुर्घटनामा परि ५४६ जनाको मृत्यु भएको छ भने ९६७० जना घाईते भएका छन । यसैगरि यो आर्थिक बर्षको माघ मसान्त सम्म ३६१२ वटा सवारी दुर्घटनामा परि २९० जनाको मृत्यु भएको छ भने ५७२६ जना घाईते भएको सुचना अधिकारी काफ्लेले जाकारी दिए । 

राजस्व संकल्न :

मधेश प्रदेशमा आर्थिक बर्ष ०७८/०७९ मा २,६४,३१० वटा सवारीलाई कारवाही गरि २२,४४,४०,५०० रुपैया राजस्व संकलन गरिएको छ । । यसैगरी आर्थिक बर्ष ०७९/०८०मा ३५,३१८३वटा सवारीलाई कारवाही गरि २६,८६,८६,५०० रुपैया राजस्व संकल्न गरिएको छ । यसैगरि यो आर्थिक बर्षको माघ मसान्त सम्म १४११३१ वटा सवारी साधनलाई कारवाही गरि १२,०७,८७,७०२ रुपैया राजस्व संकलन गरिएकोे सुचना अधिकारी काफ्लेले जाकारी दिए । साभार :- चोवाईस खबर 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update