पर्सा जिला बिरगंज महानगरपालिका वडा नमबर ११ मा रहेको श्री रामजानकी मठको ७ कठ्ठा १५ धुर जग्गामा निषेधाज्ञा उच्च अदालत जनकपुर ( अस्थाई इजलाश बिरगंज ) हटाइएको छ ।
स्थानिय प्रदिप कुमार रौनियारले सो जग्गामा आफ्नो हक दाबी गर्दै यहि पुस १८ गते उच्च अदालत जनकपुर अदालमा दिएको निवेदन अनुसार अदालतले तत्काल निषेधाज्ञा जारी गरेको थियो । सोही निषेधाज्ञा बारे फागुन १६ गते पर्सा जिल्ला अदालतमा प्रदिप कुमार रौनियारको तर्फबाट अदिवक्ता हरिकृष्ण अधिकारी र पन्नालाल गुप्ता र मन्दिर समितीको तर्फबाट अधिवक्ता दिनानाथ प्रसाद यादवले गर्नु भेको बहसमा मन्दिरको बिवादित साबिक किता न. ३७ हाल किता न. ५५को जग्गा हकको श्रोत सम्बन्धमा सम्बन्धित निकायमा कार्वाहिको प्रकृया रहेको अवस्थाबाट निबेदकको हक बिवादरहित हुन न सकेको इस्तिथिमा फागुन १८ मा जारी गरिएको निषेधाज्ञा लाई निरंतरता दिइरहन आवस्यक नरहेको भन्दै फागुन १८ मा जारी गरिएको निषेधाज्ञा हटाएको मन्दिर समिती बाट मुद्दा लड्ने वारिस रन्जन सिहले बताए ।
सदियौ देखि आफ्नो पुर्खाहरुले मन्दिरको सो जग्गामा पुजा पाठ गर्दै आएको र सो जग्गा मन्दिरकै भएको भनी जगा लाई प्रदिप रौनियारले किर्ते कागजात बनाइ गैरकानुनी तरिकाले भोगचलन गर्दै आएकोहुनाले सोको बिरोधहुँदै जादा प्रदिप रौनियारले मन्दिर समितीका तारचन्द राउत , बिकास साह , मुन्ना सराफ , राजन रौनियार र रन्जन सिह सहित ७ जना लाई विपक्षी बनाइ उच्च अदलत जनकपुर ( अस्थाइ इजलाश बिरगंजमा निवेदन दर्ता गराएका थिए । अहिले दुबै पक्ष कानुनी बाटो अपनाएकाछ्न
अदलतको यो निर्णय लाई स्थानियहरुले स्वागत गर्नुको साथै न्यायालय प्रतीआफुहरुको उच्च बिश्वारहेको बताउछ्न ।