नयाँदिल्ली, २० फागुन । भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ ।
बाँसुरी स्वराजले उम्मेदवार बनेपछि खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह जीप्रति धेरै आभारी छु। मलाई मौका दिनु भएकोमा म भाजपाका हरेक नेतालाई धन्यवाद दिन चाहन्छु।’
उनले अगाडी भनिन, ‘यसपटक फेरि मोदी सरकारको संकल्पका साथ भाजपाका कार्यकर्ताहरू नयाँ दिल्ली लोकसभा सिटमा जानेछन् र म ढुक्क छु कि फेरि पनि प्रधानमन्त्री मोदीलाई देशको प्रधानमन्त्री बनाइने छ ।’
आमा सुष्मा स्वराजलाई सम्झँदै बाँसुरी स्वराजले भनिन्, ‘मसँग आमाको आशीर्वाद छ तर त्यो टिकट पाएको छैन । भाजपाका हरेक कार्यकर्ताले यो टिकट पाएका छन्।’
पेशाले वकिल बनेका बाँसुरी स्वराजले वारविक विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बीए (अनर्स) गरेपछि लन्डनको बीपीपी ल स्कूलमा कानूनको अध्ययन गरेका थिइन । उनले अक्सफोर्ड युनिभर्सिटीको सेन्ट क्याथरिन कलेजबाट मास्टर अफ स्टडीज पनि पूरा गरिन भने बाँसुरी स्वराज २००७ मा बार काउन्सिल अफ दिल्लीमा भर्ना भएकी थिइन ।
हालै उनलाइ २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीवाट उम्मेदवार बनाउने घोषणा गरेको छ ।