वीरगंज,फागुन २०
समाजको लागि चिकित्सक चिकित्सकको लागि समाज भन्ने मुल नारा सहित आज ७४ औं नेपाल चिकित्सक दिवस वीरगंजमा मनाइएको छ। नेपाल चिकित्सक संघ नारायणी अञ्चल वीरगंज शाखाको आयोजनामा ७४ औं चिकित्सक दिवस मनाएको हो ।संघका अध्यक्ष डा. मनोज गुप्ताको अध्यक्षता एवं नारायणी अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन एवं बरिष्ठ फिजिसियन डा. गोपाल प्रसाद गजुरेलको प्रमुख आतिथ्यम कार्यक्रमसम्पन्न भएको थियो । नारायणी अस्पताल स्थित चिकित्सक संघको भवनमा आयोजित कार्यक्रममा संस्थाका सचिव डा. नौसाद अंसारीले स्वागत मन्तव्य तथा संघले गरेको कामको बारे चर्चा गरेका थिए। कार्यक्रममा उत्कृष्ट सेवा प्रवाह गर्ने चिकित्सहरुलाई सम्मानित समेत गरिएको थियो। कार्यक्रममा डा. जगदिश अग्रवाल,अरुण कुमार सिंह,प्रमोद सर्राफ लगायत डाक्टहरुको उपस्थिती थियो। देशमा प्रजातन्त्र स्थापना पछि बि.स २००७ फागुन २० गते संघको गठन गरिएकोले सोहि दिनको अवसर पारेर संघले स्थापना दिवस मनाउदै आएको छ।