Birgunj News24
पर्सामा बाघको आक्रमणका कारण जनजिवन भयावह हुदै, प्रहरीलाई समेत गस्ती गर्न सास्ती

पर्सामा जंगल नजिक रहेका बस्तीमा बाघ आतंकले स्थानियहरु त्रशित बनेका छन । बाघको त्रासले स्थानियहरु साँझ ६ बजेपछि घरबाहिर निस्किन छोडेका छन ।दिनहु बाघले बस्तुभाउ र मान्छेमाथि आक्रमण गर्न थालेपछि सो क्षेत्रमा अहिले स्थानिय त्रसित बनेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीका ईन्र्चाज रामराजा केशरीले जानकारी दिए । जगंलसंग सिमा जोडिएका बस्तीहरुमा बेलुका प्रहरीलाई गस्ती गर्न सास्ती भएको प्रहरी निरिक्षक केसरीले बताए ।“ साँझ ६ बजेपछि बाघको डरले स्थानियहरु घरबाहिर निस्किन छाडेका छन, बस्तीमै पसेर बाघले बस्तुभाउ खान थालेको छ, स्थानियहरु सुरक्षित नै छैनन, यसबारे उचित व्यवस्थापन गरिएन भने अवस्था भयावह हुन्छ ” ईन्र्चाज केशरीले भने । पछिल्लो समय जंगल नजिक रहेका पटेर्वा सुगौली,सखुवा प्रसौनी गाउँपालिका , पर्सागढी नगरपालिकामा बाघको आक्रमण बढेको छ ।गएको पुस ८ गते पटेर्वा सुगौली गाउँपालिका– २ का स्थानीय मनोज महतो उरावको बाघले आक्रमण गरी ज्यान नै लिएको थियो। घर नजिक शौच गर्न गएका उराव बाघको आक्रमणमा परेका थिए । यस्तै शनिबार वडा नम्बर २ कै बँकुल टोल निवासी ६५ वर्षीय रामेश्वर राउत उराव बाघको आक्रमणबाट घाइते भएका हुन्। फागुन १७ गते दिउँसो साढे १२ बजे पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ बस्ने सरोज प्रसाद अधिकारी घाईते भएका छन ।आफ्नो खेतबारीको गहुँ खेत हेर्ने जानेक्रममा अचानक जंगली बाघले आक्रमण गर्दा उनी घाइते भएका थिए। बितेको बिहीबार सोही वडामा दुई पटकमा दुई जनालाई बाघले आक्रमण गरी घाइते बनाएको छ। दुई महिना यता मात्र बाघको आक्रमणमा परि पटेर्वा सुगौलीका स्थानिय ललन यादव, राजदेव उराव घाईते भएका छन भने ,पर्सागढी नगरपालिका वडा नम्बर १ कोईलाभारका मायादेवी मोक्तान,संखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ बजुरिया बुधन यादवको गोठमा बाघले आक्रमण गरि खसी,बाख्रा,गाई लाई आक्रमण गरि गम्भिर घाईते बनाएको प्रहरी निरिक्षक केसरीले जानकारी दिए ।आफ्नो पालिकामा बढी बाघले आतंक मच्चाइरहेको तथा यस समबन्धी बन कार्यालय निकुञ्जको कार्यालयलाई जानकारी गराउँदा पनि हालसम्म ठोस पहल भने हुन नसकेको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले जानकारी दिनुभयो। पर्सामा बाघको आक्रमण बढेको भन्ने गुनासो आएको बताउँदै बाघलाई नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जलाई पत्र लेखेर डार्ट टोली मगाइएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्जमा बाखको संख्या बढे संगै जगंल नजिकका बस्तीहरुमा जोखिम बढेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update