वीरगंज, फाल्गुन २२
सशस्त्र प्रहरी बल पर्साले प्रभु हस्पिटल र एभरेस्ट दन्त सेवा केन्द्र बीच द्विपक्षिय सम्झौता गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. र सशस्त्र प्रहरी बल पर्साबीच स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएको हो ।
राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी र निजहरुका आश्रीत परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई विभिन्न उपचार सेवामा १५ देखि २० प्रतिशत सम्मको छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य र प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ताले हस्ताक्षर गरेका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अस्पतालकी सञ्चालिका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा लगायतको उपस्थितीमा द्विपक्षिय सम्झौता भएको अस्पतालका प्रशासन प्रमुख दिलिपराज कार्कीले जानकारी दिए ।
त्यसैगरि सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लिङ्क रोड स्थित एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. बीच मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरुलाई ओपिडी लगाएत फार्मेसीमा ३५ प्रतिसत सम्म छुट सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ ।