बर्लिन, २३ फागुन । जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन ।
टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ ।
जर्मनकाे एक अनलाइनले प्रकाशित गरेकाे एक पत्रमा आफूलाई ‘ज्वालामुखी समूह’ भनिने कार्यकर्ताहरूले उधाेगमा तोडफोड गरेको भन्दै जिम्मेवारी लिएका छन् ।
जर्मनका समाचार संस्थाका अनुसार कार प्लान्ट नजिकै रहेको बिजुलीको खम्बामा आगलागी हुँदा कारखाना र वरपरका शहरहरूमा विद्युत सेवा अवरुद्ध भएको थियो। तर, कार प्लान्ट भवन भने सुरक्षित रहेको जनाइएको छ। सो आक्रमण पछि भएको आगलागी पछि विद्युतीय कार बनाउने कारखानामा नपुगेको तर बिजुलीको तार र उच्च भोल्टेजको तार जलेको टेस्ला, जर्मनले जनाएको छ ।
आफ्नो पत्रमा आक्रमणको जिम्मेवारी लिदैँ ज्वालामुखी समूहले भनेको छ कि, ‘हामीले टेस्लालाई तोडफोड गरेका छौं किनभने यसले स्थानिय स्रोत साधानकाे दुरूपयाेग र मजदुरको श्रम खाएको छ ।’ सो समुहले टेस्लालाई जमिनको ठुलो मात्रामा दूषित पानी मजदुरलाइ पिउन प्रयोग गरेको आरोप लगाएको छ ।
सो आरोप पछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जवाफका लागि टेस्लालाइ सम्पर्क गरेका छन । र, राज्य प्रहरीले जिम्मेवारी लिएको पत्रको प्रमाणिकता जाँच गरिरहेका छन भने पानीको शुद्दताका बारेमा पनि अनुसन्धान सुरू गरिएको जर्मनका सञ्चार माध्यमले जनाएका छन ।
‘कानूनको शासनले यस्तो तोडफोडको कार्यलाई अत्यन्त गम्भीरताका साथ प्रतिक्रिया दिनेछ,’ ब्रान्डनबर्ग राज्यका आन्तरिक मन्त्री माइकल स्टुबगेनले मंगलबार बिहान भएको आक्रमणपछि भनेका छन ।
हाल उत्पादन बन्द रहेकाे जनाउँदै सो आगजानी पछि टेस्लाले भनेको छ कि ‘हामी हाल उत्पादन कहिले सुरु गर्ने भन्ने बारेमा अहिल्यै नै भन्न असमर्थ छौं ।’
टेस्लाले आफ्नो बर्लिन प्लान्टको आकार दोब्बर बनाउन चाहन्छ, जुन युरोपमा एक मात्र हो । तर, टेस्लाको सो योजनामा केही वातावरणविद्हरूले आपत्ति जनाएका छन् किनभने यसले नजिकैका रूखहरू काट्ने काम गरिरहेका छन ।
उता, फ्याक्ट्री नजिकैको जंगलमा करिब १०० जनाले क्याम्प बसेर यसको विस्तारको विरोध गर्दै आएका थिए ।
यद्यपि, ती हरित कार्यकर्ताहरूले के भएको छ, त्यसबाट आफूलाई टाढा रहेको जनाएका छन । ‘रोबिन वुड’ भन्ने वातावरण सबन्धी सो संस्थाले सो आगजनीमा आफ्नो हात नरहेको जनाएको छ ।
टेस्ला कारखानाले हाल प्रति वर्ष लगभग ५ लाख कारहरू बनाउँने गरेको छ, अब एलन मस्कको स्वामित्वमा रहेको सो कम्पनीले यसलाई दोब्बर बनाउन चाहेको छ ।