Birgunj News24
बारा प्रहरीद्वारा ९ लाख ३० हजार मुल्य बराबरको अबैध समान नियन्त्रण

जिल्ला प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मुल्य बराबरको अबैध समान नियन्त्रणमा लिएको छ । प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले करिव .९ लाख ३० हजरा ८० रूपैया मुल्य बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको बारा प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी,बाराले बिश्रामपुर गाँउपालिका वडा नम्बर १ कल्याणपुरबाट मे १ त ३९५८ र ना ३ त नम्बरको ट्याक्टरमा लोड गरिएको धान नित्रणमा लिएको छ । बिल भरपाई नभएको र श्रोत खुलाउन नसकेको करिव ६ लाख मुल्य बराबरको धान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।यसैगरी सिम्रौनगढ नगरपालिका वडा नं.९ पिठुवाघाटबाट पनि प्रहरीले भन्सार छलि गरी ल्याउदै गरेको किराना समान तथा कपडा गरी नियन्त्रणामा लिएको छ ।प्रहरी चौकी पथलैया, बाराले आज जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ५ च २२७५ र प्र.२–०३–००१ च ६२७० न.को दुवै पिकअप गाडीमा ६ क्यूनटल लोड प्याज नियन्त्रणमा लिएको छ बिल भन्दा बढि स्रोत खुलाउन नसकेको करिब दुई लाख ८२ हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update