पर्साका सांसद प्रभु हजराले बिकाश निर्माणको मुख्य बाधक अदालत रहेको आरोप लगाएका छन । संसदमा आज सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले सो आरोप लगाए । हजराले कानुन मन्त्रीमार्फत सर्वोच्च अदालत लगायत जिल्ला र उच्च अदालतको व्यथिती अन्त्य गर्न आग्रह गरे । अदालतकै कारण नारायणी अस्पतालको बहुचर्चित योजना र त्रिभुवन राजपथको योजना अलपत्र परेकोमा आक्रोश समेत व्यक्त गरे । अदालतले निकाश नदिदा डेढ अर्बको लगानीमा निर्माण हुने ५५० सैयाको नारायणी अस्पतालको भवन र त्रिभुवन राजमार्ग सडक विस्तारको काम अलपत्र परेका बताए । उनले अदालतले निकाश नदिदा त्रिभुवन राजपथ वरिपरिका बस्ती कुरुप हुदै गएको र नयाँ घरहरु समेत बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । साथै सांसद हजारले हिन्दूहरुको पर्व होली र मुस्लिमहरुको पर्व रमजानको पनि शुभकामना व्यक्त गरेका थिए।