रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया नगरपालिका- वडा नं ९ सेमरबारीमा संचालित १ महिना सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नं.३,६,७,८,९,१० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन । महिलाले यसरी सीप सिकेर रोजगारी सिर्जना गरेका छन, आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुरले बताईन। नगरपालिकाले पोखरियाका महिलाहरू लाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ।१ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना महिला हरु लाई पोखरिया नगरपालिका कि उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत हस्तान्तरण गर्नुभएको हो । सिलाई कटाई तालिम को समापन कार्यक्रम वडा नं.९ का वडाध्यक्ष नौसाद आलम, को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । समापन कार्यक्रम कार्यक्रममा सामाजिक शाखा प्रमुख वाल्मीकि साह,सहायक नरेन्द्र साह, प्रशासन प्रमुख सन्जय पानडे, नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, बिजय झा, निरज ठाकुर, नेता मनोज चौहान, रामअयोध्या कुर्मी, पारस ठाकुर, शिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।