करिब एक महिनाअगाडि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कुमोध ढुंगेलले आफु पक्षधारी नबन्ने बताएका छन् । यदि दोषी ठहर भएमा जो कोहिलाई पनि कानुनी कठघरामा ल्याउने बताउनुभयो । साथै सोर्सलगाएको भरमका आफुले कहिले काम नगर्ने बताएका छन् । बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा प्रहरी उपरीक्षक ढुंगेलले सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताएका छन् । कुनैपनि किसिमको समाचर संप्रेशनले जनतामा आसर पर्ने भएकोले सम्बधित विषयको निचोडमा पुगेर मात्र समाचर लेख्न अनुरोध गर्नु भएको थियो । साथै उनले प्रहरीले शान्तिसुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाहीबारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने बताए । प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामा शान्ति, आपराधिक गतिविधिजस्तामा पत्रकारहरूको सहयोग आवश्यक रहेकोे बताए । नेपालको संविधान, कानुनअनुसार नै प्रहरीले कामकारबाही गर्ने भएकाले सोहीअनुसार अगाडि बढ्ने प्रहरी उपरीक्षक ढुंगेलले बताए ।