Birgunj News24
बारामा करिब ३ लाख मेट्रिकटन धान उत्पादन  यस बर्ष बारा जिल्लामा करिब पौने ११ अर्ब रुपैयाँ बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको छ।

यस बर्ष बारा जिल्लाका विभिन्न भेगमा गरेर ६२ हजार २० हेक्टर क्षेत्रफलमा चैते, भदैया र अगहनी धान खेती भएकोमा दुई लाख ७१ हजार ६२ मेट्रिक धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

चालु आर्थिक वर्ष ०८०र०८१ का लागि जिल्ला समन्वय समितिको बैठकले ४० रुपियाँ प्रतिकिलो धानको मूल्य निर्धारण गरेकोमा सोही अनुसार यो वर्ष बारामा १० अर्ब ८४ करोड २४ लाख ८० हजार बराबरको धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले जानकारी दिए।

जिल्लाका कृषकले यस बर्ष ३४ हजार १२० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरेर एक लाख ३९ हजार ८९२ मेट्रिक टन धान उत्पादन गरेका छन्।

यसैगरी ११ हजार नौ सय हेक्टर क्षेत्रफलमा भदैया धान खेती गरेर ५१ हजार १७० मेट्रिक टन भदैया धान र १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेर ८० हजार मेट्रिक टन धान उत्पादन गरेको उनले बताए ।

गत–आर्थिक वर्ष २०७९र०८० मा भने बारामा चैते, भदैया र अगहनी गरी ६ अर्ब १४ करोड ९८ लाख ६२ हजार ५ सय बराबरको दुई लाख ५० हजार ४७४।५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका निमित्त कार्यालय प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिएका थिए ।

उनका अनुसार गत बर्ष ३४ हजार ११५ हेक्टर क्षेत्रफलबाट एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन अगहनी धान , ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा ५१ हजार १९१।५ मेट्रिक टन भदैया धान र १४ हजार हेक्टर क्षेत्रफलबाट ५६ हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियो।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update