बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई आज सिक्नु कमाउनु र कसरी बचाउने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा सिए अरविन्द खेतानको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख सिए खेतानले अध्यापन गरेरमात्र नहुने यसको लागि विद्यार्थीहरुले पैसा कमाउन मेहनत पनि गर्नुपर्ने र दिमाग पनि चलायमान गर्न जरुरी रहेको बताए । म सरकारी जागिर खान्छु धेरै पढाइ गर्छु भनेर जुन उदेश्यले विद्यार्थी अगाडि बढन खोज्छ उसको लक्ष्य एक दिन अवश्य पुरा हुने बताएका छन् । सिए खेतानले बताए अनुसार आफ्नो साथी कम पढाइ गरेको तर उसले करोडौं कमाउने गरेको बताए त्यसको लागि अध्यापन नै गर्नुपर्छ भन्ने छैन तर आम्दानीलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा धेरै दिन जरुरी रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले यस कलेजले अध्यापन संगै सिक्दै जाने कमाउदै र अन्तमा कसरी बचाउने भन्ने बारेमा विद्यार्थीहरुलाई सिकाउने काम गरेकोमा आफुलाई धेरै खुशी लागेको बताए । विद्यार्थीहरुलाई ब्यावहारीक ज्ञान देखि सीप मुलक ज्ञानहरु दिने गरेकोमा बीरगंजमा यो एउटा नमुना कलेजको रुपमा स्थापित भएको बताएका छन् । कार्यक्रममा विश्व ब्यापी मुद्रा सप्ताह लाई कसरी जोगाउने भन्ने बारेमा जान्न आवश्यक रहेको समेत बताए ।कलेजका क्याम्प चिफ विनोद गुप्ता ,सानिमा बैंकका प्रबन्धक राजकुमार ,राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संजय कुमार महतो,क्याम्पस प्रशासन प्रमुख सुरेश चौधरी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटेमगर,एनपी डेलीका मनोज पटेल ,डिके जैसवाल लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।भने कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गरेका थिए।