पर्सागढीमा रुखबाट खसेर घाइते वृद्धको ज्यान गयो
चैत,८ पर्सागढि । पर्सागढि नगरपालिकामा रुखबाट खसेर एकजनाको ज्यान गएको छ । पर्सागढि नगरपालिकाको वडा नम्बर ३ बडनिहारमा रुखबाट खसेर एक जना वृद्धको ज्यान गएको हो ।
चैत्र १ गते घर नजिकैको जङगलमा घाँस काट्ने क्रममा ६१ वर्षीय लालमान तामाङ्ग रुखबाट खसेर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गरी घर लगिएको थियो । तर उनको सामान्य नभएकाले भोलिपल्ट उपचारको लागि निलकण्ठ अस्पताल वीरगञ्ज पु¥याइयो ।
दिनप्रतिदिन उनको अवस्था बिग्रदै गएकाले ७ गते बुधबार काठमाडौं रिफर गरिएकोमा बाटोमैे ज्यान गएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले जनाए ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय