बारा प्रहरीले दुई दिनमा करिब साढे छपन्न लाखको अबैध समान नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा बारा प्रहरी मातहत रहेको ईकाई कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिहिबार र शुक्रबार गरि सो मुल्य बराबरको अबैध समान नियन्त्रणमा लिएको हो । प्रहरीले बिहिबार बिहान १० बजे तिर जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा सुर्य नेपाल स्थित गाडिहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको करिव तिन लाख मुल्य बराबरको समान सहित बस नियन्त्रणमा लिएको हो । प्रहरीले बिहिबार यात्रुबाहक बसबाट सिमरामा चेकजाँच गर्दा बिल भरपाई नभएको थानको कपडा ३३ थान,साडी २८ पिस,उफर ६५ पिस गरि करिब तिन लाख मुल्य बराबरको समान नियन्त्रणमा लिएको छ । यसैगरी पथलैयाबाट यात्रुबाहक बसबाट चार क्विन्टल प्याज र २५ किलो खजुर गरि करिब २९००० हजार को समान नियन्त्रणमा लिएको छ । वीरगंजबाट काठमाडौ जादै गरेको बसबाट कपडा १९ बोरा, सुर्ति ४ बोरा,क्रिम २ कार्टुन गरि करिब साढे ९ लाखको समान प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी आज दिउँसो १ बजे पथलैयाबाट ना.४ ख ८४९४ नम्बरको ट्रकमा लोड गरेको मोर्टस पार्टस,कस्मेटिक आईटम र अन्य किराना समान गरि करिब ४४ लाख मुल्य बराबरको समान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक र बसलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।