Birgunj News24
एसईईमा पर्साबाट १० हजार भन्दा बढि परीक्षार्थी सहभागी 

आज देखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा एसईई०मा पर्सा जिल्लाबाट १० हजार २५३ जना परीक्षार्थी सहभागी भएका छन् ।यसवर्षको एसईईमा पर्सा जिल्लाबाट नियमित , प्राविधिकधार र ग्रेडबृद्धि तर्फ गरी कूल १० हजार २५३ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साले जानकारी दिएको हो ।

नियमिततर्फ ९ हजार ५२५ जना , प्राविधिकधारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परिक्षार्थी एसइईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाई पर्साका परिक्षा सहायक गोपाल साहले जानकारी दिए ।उनका अनुसार, पर्सामा यसबर्ष गत बर्षको भन्दा यस बर्ष ५२८ जना बढी परीक्षाथर्थी एसईईमा सहभागी भएका छन । गत बर्षको एसईईमा पर्साबाट ९ हजार ७२५ जना परीक्षार्थी सहभागी भएका थिए ।

पर्सामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र तोकिएको साहले जानकारी दिए । बिहीबारदेखि सुरु हुने एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

यसबर्षको एसईईमा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका गरी दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुदैंछन् ।देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परक्षिा बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update