Birgunj News24
वडा नम्बर ९ मा पानीको समस्या , वडा अध्यक्ष गुप्ताले खानेपानीको जोहो गर्न लागे ।

बीरगंज महानगरपालिका वडा नम्बर ९ मा अहिले पानीको समस्या  भए पछि वडा  नम्बर ९ का अध्यक्ष जवहारलाल गुप्ता खानेपानीको जोहोमा लागेका हुन  । अहिले  आफ्नो वडाका बासिन्दाहरुलाई खानेपानीको समस्या भयो भनेर उजुरी लिएर आएपछि उक्त खानेपानीको ब्यवस्थापन गर्न अहिले सडक खनेर खानेपानी धाराको पाइप लाइन बिछ्याइएको वडा अध्यक्ष गुप्ताले बताएका छन् ।पहिला घरहरु नभएका कारण त्यहाँ खानेपानी जडान नभएको र अहिले नयाँ बस्ती भएकोले  खानेपानीको धारा उक्त ठाउँमा  नभएको बताए । करिब ७० देखि ८०नयाँ  घर परिवारका मानिसहरुलाई खानेपानीको जोहो गर्न आफू लागिपरेको बताए । जिल्ला प्रशासन कार्यालय पछाडि रहेको नयाँ बस्ती रहेकाले त्यहाँ एउटामात्र सार्वजनिक चापाकल रहेको त्यो पनि राम्रोसँग पानी नआउने भएकोले अब चाडैं पानीको बोरिङ खनेर जडान टगर्ने तयारी आफुले गरेको वडा अध्यक्ष गुप्ताले  बताएका छन् । यसवर्ष पर्सा जिल्लामा पानीको धेरै हाहाकार भएको  इतिहास रचेको बताएका हुन । हामी अहिले जिम्मेवारी ठाउँमा बसेकाले सबैको समस्या समाधान गर्न जरुरी रहेको बताएका छन् उनले भने अहिलेसम्म यस्तो कहिले भएको थिएन अब सबैले पानीको जोहो नगरे यो भन्दा धेरै समस्या हुन सक्ने वडा अध्यक्ष गुप्ताको भनाइ रहेको छ। मुख्य गरेर अहिले जलवायु परिवर्तनले गर्दा यस्तो समस्या भएको हुन सक्ने बताए ।पर्सा जिल्लामा आफुले थाहा पाए अनुसार इतिहासमा यस्तो पानीको हाहाकार कहिले नसुन्नेको यसैवर्ष देखि समस्या  भोग्नुपरेको बताएका छन् ।अब यो समस्या कहिले समाधान नहुने भएकोले पानीको खपत धेरै हुन लागेको अनुमान आफुले गरेको बताएका छन् । पानीलाई जोगाउने हो भने हरियाली बोट विरुवा सबैले रोप्न आवश्यक रहेको वडा अध्यक्ष गुप्ताले बताए । अनुगमन टोलीमा वडा सचिव रमेश श्रेष्ठ ,वडा सदस्य महिला संगीता मानन्धर तथा अन्य कर्मचारीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update